२०८३ बैशाख ६ गते , आईतबार
एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी
बिर्तामोड । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
त्यस्तै महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।
औपचारिक घोषणा हुन भने बाँकी छ ।