२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्री बन्ने विप्लवको चाहना

sajilo news
परिवेश मिडिया
२०८२ पौष ५ गते , शनिबार
प्रधानमन्त्री बन्ने विप्लवको चाहना

झापा लामो समयपछि संसदीय व्यवस्था स्वीकारेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दविप्लवले देशको कार्यकारी प्रमुख भएर सेवा गर्ने आफ्नो चाहना रहेको खुलासा गरेका छन्

काठमाण्डौमा शनिबार आयोजितजेनजी सँगको अन्तरक्रियामा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पनि चुनावी मैदानमा उत्रिने जनताले विश्वास गरेमा प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने संकल्प गरेका हुन् विगतमा बन्दुक बोकेको, जेल बसेको किताब पढेको अनुभव सुनाउँदै उनले अब नयाँ उद्योगधन्दा चलाएर काम गरेर देश बनाउने योजना रहेको बताए

यो देशलाई राम्रो बनाउने हाम्रो सपना हामीले बन्दुक पनि बोक्यौ,जेल पनि गयौँ,किताव पनि पढ्यौँ अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको , यो हामी गर्छौँ,’ उनले भने

महासचिव विप्लवले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन हुनेमा भने गम्भीर शंका व्यक्त गरेका छन् सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन गराउने कुरामा कसैको विश्वास नरहेको टिप्पणी गर्दै उनले प्रहरी कर्मचारीको खस्किएको मनोबल, लुटिएका हतियार फिर्ता नहुनु राज्यसँग रकमको अभाव जस्ता कारणले चुनाव अनिश्चित रहेको दाबी गरे।

आन्दोलनका क्रममा प्रहरीमाथि भएको हिंसाले उनीहरूको मनोबल गिरेको १६ सय हतियार अझै फिर्ता नभएको भन्दै यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन चुनौतीपूर्ण रहेको उनको तर्क

मुलुकको निकासका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने विप्लवको माग जेनजी पुस्ताले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै खोजेको भन्दै उनले नयाँ शक्तिहरूको उदय हुनुपर्ने समयमा पुराना शक्तिहरू सलबलाउन थालेकोमा चिन्ता जनाए वर्तमान सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने युवाहरूको माग पूरा गर्न नसकेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा युवा पुस्तालाई साथै लिएर देशभरि अपील गर्ने परिवर्तनको नेतृत्व लिने उद्घोष गरे

 

सम्बन्धित समाचार