२०८३ आश्विन १७ गते , शनिबार

इप्रका दमकबाट फरार थुनुवा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ पौष ६ गते , आईतबार
इप्रका दमकबाट फरार थुनुवा पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकबाट फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा फरार कमल गाउँ पालिका ५ बस्ने २६ बर्षीय सञ्जिव लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुलाई आफ्नै घरगाउँबाट शनिबार विहान अन्दाजी ९ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बुलाई इप्रका दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लिम्बु लागूऔषध मुद्धाका प्रतिवादी भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार