२०८३ आश्विन १७ गते , शनिबार

राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट उम्मेदवार सिफारिस

sajilo news
परिवेश मिडिया
२०८२ पौष ६ गते , आईतबार
राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट उम्मेदवार सिफारिस

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने भएका छन् ।

पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्य समितिको शनिवार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

नेकपा एमालेसँग तालमेल गरी यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन ।

पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समिति समक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए ।

सम्बन्धित समाचार