२०८३ बैशाख ६ गते , आईतबार

पार्टी भित्र सम्मानजनक व्यवहार हुनुपर्छ : इश्वर पोखरेल

sajilo news
परिवेश मिडिया
२०८२ पौष ८ गते , मंगलबार
पार्टी भित्र सम्मानजनक व्यवहार हुनुपर्छ : इश्वर पोखरेल

बिर्तामोड नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेताकार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् पार्टी भित्र त्यस्तो व्यवहार नभए परिणाम अप्रिय नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन् ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम तरंग सिर्जना नगर्न आग्रह गरेका छन्

महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना सबैको कर्तव्य भएको स्पष्ट पारेका छन् तर, निर्णयको पालना भन्दै नेताकार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने उनको भनाइ सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्, उनले उल्लेख गरेका छन्

पोखरेलले विगतमा पार्टीभित्रको आन्तरिक विवादले एमालेले भोग्नुपरेका नकारात्मक अनुभवको स्मरण गराउँदै त्यसै किसिमको अवस्था दोहोरिन नदिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् संस्थागत रूपमा भएका निर्णयको विरोधमा कुनै गतिविधि नहुने दाबी गर्दै उनले व्यवहारमा काखापाखा देखिए असन्तुष्टि स्वाभाविक रूपमा व्यक्त हुने धारणा राखेका छन्

उनका अनुसार यसपटक नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट ठोस पहल नहुनु पनि एउटा कारण हो यसले कतिपय प्रतिनिधिहरूमा नेतृत्वबाट योजनाबद्ध रूपमा केहीलाई विदा गर्न खोजिएको हो कि भन्ने प्रश्न पैदा गरेको उनको संकेत

महाधिवेशनका क्रममा समूहगत प्रतिस्पर्धा भए पनि पार्टी जीवनको लोकतान्त्रिकरणजस्ता नीतिगत मुद्दा खुलेर उठाइएको पोखरेलको भनाइ ती विषयअवधारणा पत्रका रूपमा सार्वजनिक गरिएको बन्द सत्रमा औपचारिक रूपमा प्रस्तुत भइसकेकाले लुकाउनुपर्ने केही नरहेको उनले बताएका छन्

पोखरेलले पार्टी एकतालाई बलियो बनाउन सबै तहबाट जिम्मेवार व्यवहार आवश्यक रहेको बताएका छन् विधि प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना, पार्टी विभाजनको सशक्त विरोध सबै कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षण अहिलेको मुख्य आवश्यकता भएको उनको निष्कर्ष

अध्यक्षमा केपी शर्मा ओली विजयी भएको ११औँ महाधिवेशनपछि पदाधिकारी केन्द्रीय समितिमा ओली पक्षको वर्चस्व कायम छ। यस्तो अवस्थामा पोखरेलको चेतावनीलाई पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन सम्भावित टकराव रोक्न गरिएको आन्तरिक सन्देशका रूपमा हेरिएको

सम्बन्धित समाचार