२०८३ आश्विन १७ गते , शनिबार

दुई राप्रपाबिच एकता हुँदै, १६ गते एकता घोषणा सभा

sajilo news
परिवेश मिडिया
२०८२ पौष १० गते , विहीबार
दुई राप्रपाबिच एकता हुँदै, १६ गते एकता घोषणा सभा

बिर्तामोड । अघिल्लो महाधिवेशनमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग्गिएका र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पुनः पार्टी एकता गर्ने भएका छन् ।

राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ ।

उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।

पार्टीमा थापाको सम्मानजनक सहभागिता रहने बताइएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । सोही निर्वाचनको मुखमा एकताको सहमति भएको हो ।

सम्बन्धित समाचार