२०८३ आश्विन १७ गते , शनिबार

कार्यकाल सकिएकै दिन उपसभामुख रानाले बुझाइन् गाडी

sajilo news
परिवेश मिडिया
२०८२ पौष १३ गते , आईतबार
कार्यकाल सकिएकै दिन उपसभामुख रानाले बुझाइन् गाडी

बिर्तामोड । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।  आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।

उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।

संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समानुपातिकतर्फको बन्दसूची बुझाएपछि मनोनयन दाखिला भएको मानिने उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार आजदेखि समानुपातिक बन्दसूची बुझाउने समय सुरु भएको छ । पुस १४ गतेसम्म बन्दसूची बुझाउने समय छ ।

सम्बन्धित समाचार