२०८३ बैशाख ६ गते , आईतबार
बालेनलाई हराउने साम्पाङको धम्की
बिर्तामोड । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहलाई आगामी निर्वाचनमा हराउने धम्की दिएका छन् । उनले बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउने अभिव्यक्ति दिएका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् । शाह काठमाडौँ महानगरपालिकाका मेयर हुन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने तयारीमा छन् ।