२०८३ बैशाख ६ गते , आईतबार

चद्रगढी हवाईजहाज दुर्घटना : ५६ यात्रु सकुशल

sajilo news
परिवेश मिडिया
२०८२ पौष १९ गते , शनिबार
चद्रगढी हवाईजहाज दुर्घटना : ५६ यात्रु सकुशल

बिर्तामोड । झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको विमान दुर्घटना भएपनि सबै यात्रु भने सकुशल रहेका छन् ।
शुक्रबार विमानमा ४ जना चालक दलका सदस्य, १ जना इन्जिनियर र ५१ जना यात्रु रहेका थिए ।
शुक्रबार राति ८:२३ बजे काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ कल साइन ९०१ को जहाज ९:१० बजे अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर ३०० मिटर पर पुगेर जमिनमा धस्सिएको थियो ।
जहाजमा क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यात्रुहरु मध्ये ७ जना सामान्य घाइते भएका छन् ।
घाइतेको नामावली
१. जिल्ला झापा भद्रपुर नगरपालिका १० बस्ने वर्ष ४० को सबिन जोगी छाति, कम्मर, ढाड दुखेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य (यात्रु)
२. बिर्तामोड नगरपालिका ७ बस्ने वर्ष २० की प्रेसिषा अधिकारी बाया खुट्टा सुन्निएको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य (यात्रु)
३. बिर्तामोड नगरपालिका १ बस्ने वर्ष ४२ की सुमित्र जोगी बाया खुट्टा दुखिरहेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य (यात्रु)
४. दमक नगरपालिका १ बस्ने वर्ष २८ को कमल प्रसाद कटुवाल दाहिने खुट्टामा सामान्य चोट (डिस्चार्ज) भई गएको (यात्रु)
५. जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका १६ बस्ने वर्ष ४० की मुना घतानी बाहिरि चोट नभएको टाउको दुखिरहेको, चक्कर लागिरहेको अवस्था सामान्य (यात्रु)
६. काठमाण्डौ महानगरपालिका १६ बस्ने वर्ष १६ की प्रिया घतानी दाहिने घुडामा चोट अवस्था सामान्य (यात्रु)
७. जिल्ला ललितपुर ललितपुर महानगरपालिका ४ बस्ने वर्ष २४ को सुशान्त श्रेष्ठ अनुहार र टाउकोमा चोट अवस्था सामान्य (को-पाईलट)
सबै घाईतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार