२०८३ बैशाख ६ गते , आईतबार
कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति
बिर्तामोड । झापाको बाह्रदशीमा कुखुरा फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको छ । राकेश कुमार कार्कीले सञ्चालन गरेको फर्ममा शनिबार बिहान आगलागी हुँदा ११ लाख बढीको क्षति भएको हो ।
शनिबार बिहान अन्दाजी २ बजे बाह्रदशी-५ चौरीगाउमा रहेको कार्कीले सञ्चालन गरेको बोईलर कुखुरा फर्ममा आगलागी हुँदा करिब ११ लाख ४० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट फर्म भित्र रहेको कुखुराको दाना, हिटर, पंखा, कुखुराको औषधी, धान लगायत अन्य सरसमानहरु पुर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।