२०८३ बैशाख ६ गते , आईतबार

महेन्द्र रत्नको  पूर्व विद्यार्थी समाजको अध्यक्षमा सुब्बा चयन

sajilo news
परिवेश मिडिया
२०८२ पौष १९ गते , शनिबार
महेन्द्र रत्नको  पूर्व विद्यार्थी समाजको अध्यक्षमा सुब्बा चयन

बिर्तामोड झापाको बिर्तामोडस्थित महेन्द्र रत्न मावि अनारमनीको पूर्व विद्यार्थी समाजको अध्यक्षमा मदनगोपाल सुब्बा चयन भएका छन् समाजको आज सम्पन्न अधिवेशनबाट सुब्बा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्  

समाजको आज सम्पन्न  तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो

समितिको उपाध्यक्षमा रुपक थापा, सचिव  भूविक्रम बस्नेत, कोषाध्यक्ष नरेश न्यौपाने चयन भएका छन् त्यस्तै सदस्यहरु भावना आचार्य, शारदा न्यौपाने, ईन्दीरा भट्टराई, शान्ता चुडाल, शोभा आचार्य, कमलराज बिमली, शुसिल बस्नेत, बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी, गोपाल दाहाल किशोर मैनाली रहेका छन् नयाँ कार्यसमितिको पदावधी दुई बर्षको रहनेछ

कार्यक्रममा चार जना शिक्षकलाई सम्मान गरिएको थियो वर्तमान प्रधानाध्यापक खड्गप्रसाद खरेल, नेत्र प्रसाद खरेल, भोजराज दाहाल युवराज कट्टेललाई सम्मान गरिएको थियो प्रमुख अतिथी विद्यालयका पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम प्रधानाध्यापक खड्गप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रममा समाजद्वारा प्रकाशित महेन्द्र रत्न प्रेरणा पुञ्ज स्मारिका विमोचन गरिएको थियो समाजको अक्षय कोषमा हालसम्म १७ लाख जम्मा भएको सय ५१ जना पूर्व विद्यार्थी  आजिवन सदस्य रहेको काजी बुढाथोकीले जानकारी दिए

संस्थाको अक्षयकोषमा हजार सय प्रदान गर्ने सदस्यलाई संस्थाको आजिवन सदस्य बनाइने ब्यवस्था गरिएको डा। लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए २०१४ सालमा स्थापना भएको यस विद्यालयले ०२७ सालदेखि विद्यार्थीलाई प्रवेशिका परिक्षामा सहभागी गराएको थियो  

समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी विध्यालय ब्यवस्थापन समिति अध्यक्ष हरीचरण शिवाकोटी रहेका थिए

कार्यक्रमको सञ्चालन मोहन शिवाकोटी स्वागत मदन गोपाल सुब्बाले गरेका थिए

सम्बन्धित समाचार