२०८३ बैशाख ६ गते , आईतबार
ओलीले दिए मानवअधिकार आयोगमा बयान
काठमाण्डौ । मानव अधिकार आयोगले २३–२४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।
आयोगले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ । आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ ।
७ पुसमा आयोगमा पुगेर काठमाडौं महानगरपालिका मेयर बालेन शाहले पनि २३ र २४ भदौका विषयमा बयान दिएका थिए ।