२०८३ आश्विन १७ गते , शनिबार

जाँचबुझ आयोगले काट्यो ओलीलाई पत्र

sajilo news
परिवेश मिडिया
२०८२ पौष २१ गते , सोमबार
जाँचबुझ आयोगले काट्यो ओलीलाई पत्र

झापा । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काटेको छ । आयोग स्रोतका अनुसार ओलीलाई बयानको लागि पत्र पठाइएको हो ।

यद्यपि उनलाई बयानका लागि कार्यालयमा उपस्थित हुन भनेर पत्र पठाइएको हो वा लिखित रुपमा जवाफ पठाउन पत्र काटेको हो भन्ने पुष्टि भइसकेको छैन ।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन् । तत्कालिन प्रधानमन्त्री ओलीले भने आयोगमा गएर बयान नदिने बताउँदै आएका थिए ।

सम्बन्धित समाचार