२०८३ बैशाख ६ गते , आईतबार
जाँचबुझ आयोगलाई ओलीले दिए लिखित बयान
झापा । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान नदिने बताउँदै आएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः बयान दिएका छन् । ओलीले आइतबार आयोगलाई लिखित बयान दिएका हुन् । ओलीको लिखित बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले स्वीकार गरेका छन् ।
जाँचबुझ आयोगलाई शुरुमा बयान नै नदिने सार्वजनिक अभिव्यक्ति दिएका ओलीले पछिल्लो समय बयानका लागि निवास मै आए लिखित बयान दिने बताउँदै आएका थिए । आइतबार बयानका लागि पत्र लिएर जाँचबुझ आयोगका सदस्यहरु ओली निवास गुण्डु पुगेका थिए । आयोगले लिखित प्रश्न तयार पारी पठाएको थियो ।
आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ ।
तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अधिकारी तथा पदाधिकारीले आयोगमा उपस्थित भएर बयान दिइसकेका छन् ।