बिर्तामोडबाट लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । प्रहरीले बिर्तामोडबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । बिर्तामोड-१ सुर्यनगर टोल काली मन्दिर नजिकै बस्ने बर्ष ४० को अजय राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीको घरमा लागूऔषध कारोवार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा इप्रका अनारमनीबाट इन्स्पेक्टर प्रबिण श्रेष्ठको टोली र लागूऔषध ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्दा राजवंशीको साथबाट र घर कोठा भित्र लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम, नेपाली नोट २ लाख ६७ हजार,भारतीय नोट २९ हजार पाँच सय,डिजिटल तराजु १ थान, कैँची १ थान, चक्कु १, मोबाईल २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
राजवंशीलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।