२०८३ बैशाख ६ गते , आईतबार

विदाई कार्यक्रममा भक्कानिए निवर्तमान मन्त्री मण्डल

sajilo news
परिवेश मिडिया
२०८२ पौष २३ गते , बुधबार
विदाई कार्यक्रममा भक्कानिए निवर्तमान मन्त्री मण्डल

विराटनगर कोशी प्रदेशका निवर्तमान पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल मन्त्रालयबाट बिदाइ हुने क्रममा भावविह्वल भएका छन् मन्त्री पदबाट हटाइएसँगै मन्त्रालयका कर्मचारीहरूसँग आयोजित बिदाइ कार्यक्रममा उनी भक्कानिएर रोएका हुन्

सार्वजनिक भएको भिडियोमा मण्डल निकै भावुक मुद्रामा देखिन्छन्। आँसु पुछ्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्नेहरूलाई धन्यवाद दिएका छन्। उनले आफूलाई मन्त्री बनाउन सांसद जिताउन भूमिका खेल्ने सुनसरी क्षेत्र नम्बर का सभापति सुनसरी जिल्लाको नाम राख्न सफल भएको भन्दै कृतज्ञता व्यक्त गर्दा उनको गला अवरुद्ध भएको थियो। उनी बोल्दाबोल्दै धरधरी रोएको दृश्य भिडियोमा देख्न सकिन्छ

मन्त्री मण्डलको कार्यकाल भने विवादरहित रहन सकेन। उनीमाथि आफ्ना स्वकीय सचिव (पिए) मार्फत क्यूआर कोड पठाएर मातहतका कर्मचारी तथा कार्यालय प्रमुखहरूसँग घुस रकम माग्ने गरेको गम्भीर आरोप लागेको थियो योक्यूआर कोड प्रकरण सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो

सम्बन्धित समाचार