२०८३ बैशाख ६ गते , आईतबार

लागूऔषध मुद्धाका अभियुक्तले भरियो झापाको हिरासत

sajilo news
परिवेश मिडिया
२०८२ पौष २५ गते , शुक्रबार
लागूऔषध मुद्धाका अभियुक्तले भरियो झापाको हिरासत

बिर्तामोड झापा प्रहरीको हिरासत लागूऔषध मुद्धाका अभियुक्तले भरिएको पाइएको जिल्लाका विभिन्न हिरासतमा ६४ प्रतिशत लागूऔषध मुद्धाका थुनुवा रहेको पाइएको हो

पुष २५ गतेको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनी, दमक, काँकरभिट्टा, धुलाबारी, झिलझिले गौरीगञ्जमा ११४ जना थुनुवा रहेकोमा ७३ जना लागूऔषध मुद्धाका थुनुवा रहेको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालयको हिरासतमा ३२ जना, इलाका प्रहरी कार्यालय अनारमनीमा १३ जना, दमकमा १५ जना, काँकरभिट्टामा जना, धुलाबारीमा जना, झिलझिलेमा जना लागूऔषध मुद्धाका अभियुक्त थुनामा रहेको जिल्ला प्रहरी कायालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

भारतसँगको खुला सीमा नाकाका कारण झापाका विभिन्न स्थानबाट दैनिक लागूऔषध नेपाल भित्रिने गरेको काँकरभिट्टामा लागूऔषध नियन्त्रण व्युरो नै राखेर प्रहरीले दैनिक जसो ओसारपसार सेवनमा संलग्नहरुलाई पक्राउ गर्दै आएको प्रहरीले लागूऔषध भित्र्याउन कडाई गरेपनि ठूलो संख्यामा युवाहरु लागूऔषधको कुलतमा फसिरहेका छन्    

सम्बन्धित समाचार