२०८३ बैशाख ६ गते , आईतबार

झापामा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ पौष २६ गते , शनिबार
झापामा दुई जनाको मृत्यु

बिर्तामोड झापाका दुई फरक स्थानमा दुई जना मानिसको मृत्यु भएको मेचीनगरमा एक जना गौरादहमा एक जनाको मृत्यु भएको हो

शुक्रबार राति १०ः३० बजे गौरादह चान्दुखोलास्थित भित्री सडक खण्डमा बालुबथानबाट फकितिप गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परि ट्याक्टरमा सवार गौरादह का ३५ बर्षीय मोहमद माजिमको मृत्यु भएको हो मे ७१०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सख्त घाइते माजिमलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको

उक्त ट्याक्टर दुर्घटनामा परि गौरादह का ४९ बर्षीय सत्यनारायण राजवंशी, २३ बर्षीय सञ्जित ऋषिदेव, २३ बर्षीय अभिजुल मिया ३४ बर्षीय केलु मिया घाइते भइ दमक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

ट्याक्टर चालक स्थानीय ३८ बर्षीय यमप्रसाद राजवंशी तत्काल फरार भएको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको   

त्यस्तै झापाको मेचीनगर प्यारीभिट्टास्थित बसपार्कमा बिग्रिएर थन्क्याइएको को नम्बरको बसभित्र सुतेको अवस्थामा सोहि स्थानमा मागिखाने अन्दाजी ४०/४२ बर्षीय तम्बु भनिने तत्काल नामथर वतन नखुलेको पुरुष शनिबार विहान अन्दाजी ७ः१५ बजे मृत फेला परेको प्रहरीले जनाएको

सम्बन्धित समाचार