२०८३ आश्विन १७ गते , शनिबार

गगन र विश्वप्रकाशसँग छलफल गर्ने तयारीमा शेरबहादुर

sajilo news
परिवेश मिडिया
२०८२ पौष २९ गते , मंगलबार
गगन र विश्वप्रकाशसँग छलफल गर्ने तयारीमा शेरबहादुर

झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन् । बहुमत प्रतिनिधिको उपस्थितीमा दोस्रो विशेष महाधिवेशन शुरु गरेसँगै सभापति देउवाले महामन्त्रीद्वयसँग छलफलको तयारी गरेका हुन् ।

देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिए । उनका अनुसार सभापति देउवा स्वयं छलफलका लागि तयार भइसकेका छन् र आजै भेटवार्ता हुने सम्भावना छ ।

पार्टीभित्र देखिएको असहमतिलाई संवादमार्फत समाधान गर्दै एकता कायम राख्ने उद्देश्यका साथ दुवै पक्ष लचिलो देखिएको विश्वकर्माले बताए । कांग्रेसभित्र सहमति र सहकार्यको वातावरण बनाउन शीर्ष तहमा पहल अघि बढाइएको उनको भनाइ छ ।

सम्बन्धित समाचार