२०८३ बैशाख ६ गते , आईतबार

कारको ठक्करबाट कमल पराजुलीको मृत्यु, कार फरार

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३० गते , बुधबार
कारको ठक्करबाट कमल पराजुलीको मृत्यु, कार फरार

बिर्तामोड । झापाको कनकाई-४ स्थित कनकाई पुलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ ८:३० बजे भएको दुर्घटनामा परी कन्काई नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को कमल पराजुलीको मृत्यु भएको हो ।
तत्काल नम्बर नखुलेको सेतो कारको ठक्करबाट बिपरित दिशाबाट आउदै गरेको बि ए ए बी ६१२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक पराजुलीको टाउकोमा चोट लागेको र तत्काल उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा ९:२० बजे डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ठक्कर दिने सवारी साधन फरार रहेको र खोजतलाश कार्य भई रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार