२०८३ आश्विन १७ गते , शनिबार

कनकाईमा बस दुर्घटना, एक बालकको मृत्यु ३ जनाको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८२ माघ १ गते , विहीबार
कनकाईमा बस दुर्घटना, एक बालकको मृत्यु ३ जनाको अवस्था गम्भीर

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । बिहीबार विहान अन्दाजी ९ः३० बजे भएको दुर्घटनामा परि भद्रपुर ८ बस्ने आफुद राजवंशीको डेढ बर्षीय छोरा आरुति राजवंशीको मृत्यु भएको हो ।

कनकाई नगरपालिका वडा नम्बर ३ नयाँ बस्तीस्थित पूर्व पश्चिम लोकमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पिकअप गाडीमा सवार १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका आरुतिलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

अन्य घाइतेको विवरण

बिएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत भइरहेकाहरु

१,  झापा मेचीनगर नगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ६५ की फुलमुन्नी मुर्मु निधार र मुखमा चोट अवस्था सामान्य ।

२, सोही स्थान बस्ने बर्ष ४२ की जमुना राजवंशी निधारमा चोट अवस्था सामान्य ।

३, सोहि स्थान बस्ने टिकेन्द्र राजवंशीको छोरा बर्ष ११ को अनिष राजवंशी टाउकोमा चोट अवस्था सामान्य ।

बिर्तासिटि अस्पताल बिर्तामोड उपचारत रहेकाहरु

१, झापा भद्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४० को पुस्पलाल राजवंशी टाउको र दाहिने कुममा चोट अवस्था मध्यम ।

२, भद्रपुर ८ बस्ने बर्ष ४० को आफुद राजवंशी टाउकोमा चोट, दाहिने हात र दाहिने खुट्टा भाचिएको अवस्था गम्भिर ।

३, निजको श्रीमती बर्ष ४० को सुस्मा राजवंशी दाहिने हात र खुट्टा भाचिएको, टाउकोमा चोट अवस्था गम्भिर ।

४, निजकै छोरा बर्ष १५ को आशिष राजवंशी बायाँ हात र चिउडोमा चोट अवस्था सामान्य ।

५, झापा भद्रपुर ९ बस्ने बर्ष ४० की टेमुना राजवंशी टाउकोमा र हातमा चोट अवस्था मध्यम ।

६, झापा शिवसताक्षी नगरपालिका १० बस्ने बर्ष २९ की अन्जली राई छातिमा भित्री चोट अवस्था मध्यम ।

७, झापा बिर्तामोड नगरपालिका ३ बस्ने बर्ष २४ को अभिषेक राजवंशी बाँया हातमा भित्री चोट अवस्था सामान्य ।

८, झापा मेचीनगर नगरपालिका १५ बस्ने बर्ष १५ की कृतिका राजवंशी टाउकोमा चोट अवस्था सामान्य ।

९, झापा भद्रपुर नगरपालिका ४ बस्ने बर्ष ४५ की पाथल राजवंशी दाहिने खुट्टा भाचिएको, मुखमा चोट अवस्था गम्भिर ।

पिकअप चालक जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३९ को जाकिर हुसेन र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र बस चालक तत्काल फरार रहेकोले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार