२०८३ बैशाख ५ गते , शनिबार
शुक्रबार बढ्यो सुनको मूल्य
झापा । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ शुक्रबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँ पुगेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो ।