२०८३ आश्विन १७ गते , शनिबार

झापा ट्राफिकले उठायो १ करोड राजश्व

sajilo news
परिवेश मिडिया
२०८२ माघ ३ गते , शनिबार
झापा ट्राफिकले उठायो १ करोड राजश्व

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले १ करोड ६ लाख ६० हजार ५३५ रुपैँया राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको पुष मसान्तसम्मको अवधिमा उक्त राजश्व संकलन  गरेको हो ।

ट्राफिक प्रहरीले ११०५८ वटा सवारी साधनलाई गरेको कारबाहीबाट सो रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

सो अवधिमा भएको सवारी दुर्घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार