२०८३ बैशाख ६ गते , आईतबार

नेकपाका नेता आचार्यले गरे पार्टी छाडेको घोषणा

sajilo news
परिवेश मिडिया
२०८२ माघ ३ गते , शनिबार
नेकपाका नेता आचार्यले गरे पार्टी छाडेको घोषणा

बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता राजु आचार्य (अग्नि)ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता आचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
'प्रचण्डको पार्टी आजबाट मैले छाडेको जानकारी गराउँदछु । २७ वर्षको यो पार्टी सगको यात्रा आजबाट अन्त्य । स्वतन्त्र नागरिकको हैसियतमा अबको यात्रा अगाडि बढ्नेछ,' उनले लेखेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्र झापाको संयोजकसमेत रहेका आचार्य नेकपा माओवादी केन्द्रले नेकपा समाजवादी लगायत अन्य विभिन्न दल तथा समूहहरूसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी बनेसँग असन्तुष्ट रहँदै आएका थिए । 

सम्बन्धित समाचार