२०८३ बैशाख ६ गते , आईतबार
गुडिरहेको ट्याक्टरबाट लडेर सहचालकको मृत्यु
बिर्तामोड । झापाको शिवसताक्षीमा गुडिरहेको ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ६ बस्ने अन्दाजी २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो।
आज साँझ अन्दाजी ६ बजे शिवसताक्षी नगरपालिका ६ जामबारी स्थित झिलझिले-कुञ्जिबारी पक्की सडक खण्डमा बिष्णु चोकबाट जनता चोकतर्फ जादै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट लडेर राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि तत्काल आम्दा अस्पताल लगिएकोमा ६:५५ बजे चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
ट्याक्टर चालक सोहि स्थान बस्ने अन्दाजी बर्ष ३० को नितेस घिमिरे र ट्याक्टर इलाका प्रहरी कार्यालय शिवगंजको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।