२०८३ आश्विन १७ गते , शनिबार

कोशीका मुख्यमन्त्री कार्कीले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण

sajilo news
परिवेश मिडिया
२०८२ माघ ८ गते , विहीबार
कोशीका मुख्यमन्त्री कार्कीले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण

बिर्तामोड । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कार्कीलाई तीन दिनभित्र जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी दर्ता गर्न जाँदा उनी सहभागी थिए । सरकारका मन्त्री तथा कर्मचारीहरु यसरी उपस्थित हुन नपाउने व्यवस्था भएकोले आयोगले उनीमाथि स्पष्टीकरण सोधिएको जनाएको छ ।

मंगलबार झापामा उम्मेदवारी दर्ताका लागि पुगेका ओलीसँगै कार्की पनि देखिएका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उनी मनोनयन कार्यक्रममा सहभागी भएका हुन् ।

सम्बन्धित समाचार