२०८३ बैशाख ६ गते , आईतबार

धर्मशिला जिताउन झापा २ मा ५०१ सदस्यीय चुनाव परिचालन समिति गठन

sajilo news
परिवेश मिडिया
२०८२ माघ ९ गते , शुक्रबार
धर्मशिला जिताउन झापा २ मा ५०१ सदस्यीय चुनाव परिचालन समिति गठन

बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार धर्मशिला चापागाईंलाई जिताउन ५०१ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ । बिहीबार बसेको २ नम्बर क्षेत्रीय समितिको बैठकले केन्द्रीय सदस्य हरिकुमार रानाको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
राना नेतृत्वको समितिमा २ नम्बर क्षेत्र भित्र रहेका  केन्द्रेदेखि पालिका समितिसम्मका पदाधिकारी तथा सदस्यहरु रहने क्षेत्रीय इन्चार्ज खड्ग तिम्सिना (पवन)ले जानकारी दिए ।
त्यस्तै चुनावलाई प्रभावकारी ढंगबाट परिचालन तथा प्रचार गर्नका निमित्त रानाको संयोजकत्वमा ५१ सदस्यीय सचिवालय, बासु दुलालको नेतृत्वमा प्रचारप्रसार उपसमिति, ज्योति सिंह दर्लामीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति, धनबहादुर पङ्ग्धाकको संयोजकत्वमा मतदाता शिक्षा उपसमिति, रुपढ्वज साउदेनको संयोजकत्वमा अनुगमन उपसमिति, कुमार आचार्यको संयोजकत्वमा स्वयंसेवक (युवा) परिचालन उपसमिति, प्रत्युस रानाको संयोजकत्वमा ५ सदस्यीय कार्यालय व्यवस्थापन उप–समितिलगायत विभिन्न समिति गठन गरिएको छ । 

सम्बन्धित समाचार