२०८३ बैशाख ६ गते , आईतबार
झापा प्रहरीको कमाण्ड पहिलो पटक महिलाको काँधमा
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले पहिलो पटक महिला इन्चार्ज पाएको छ । आजबाट झापा प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सम्हालेकी छन् ।
बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट सरुवा भएर आएकी खड्काले आजबाट झापामा जिम्मेवारी सम्हालेकी छन् ।
यहां कार्यरत एसपी राजन लिम्बूको मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भए सगै खड्का झापा आएकी हुन् । संगठनमा खड्कालाई कुशल अधिकृतको रुपमा लिइन्छ ।