२०८३ बैशाख ६ गते , आईतबार

प्रतिबन्धित औषधीसहित दमकबाट तीन जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ माघ १२ गते , सोमबार
प्रतिबन्धित औषधीसहित दमकबाट तीन जना पक्राउ

झापा । ठूलो मात्रामा प्रतिबन्धित औषधीसहित दमकमा तीन जना पक्राउ परेका छन् ।
आज साँझ ५ बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल, स्पासपेन र डिकोलिन बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा दमक नगरपालिका वडा नं.५ आम्दा रोडमा रहेको अनुसा खाजा पसलमा चेकजाँच तथा खानतलासी गरेको थियो ।
त्यसक्रममा ट्रामाडोल ७१५ क्याप्सुुल , स्पासपेन ६०० ट्याव्लेट र डिकोलिन ११५ क्याप्सुलसहित सोही ठाउँ बस्ने बर्ष ३२ का अमित मगर , बर्ष ३६ का मिनकुमार धिमाल र बर्ष १५ का निरन्जन बि.क. पक्राउ परेका थिए ।
अमित मगरको साथबाट एक थान आईफोन १२ प्रोम्याक्स मोवाइल र मिनकुमार धिमालको साथबाट महिन्द्रा कम्पनीको मे. ३ प.९४०५ स्कुटर, सामसुङ कम्पनीको मोवाइल एक थान र छ हजार छ सय रुपैयाँसमेत बरामद भएको थियो । उनीहरुलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको छ।

सम्बन्धित समाचार