२०८३ बैशाख ६ गते , आईतबार
अनसनरत सोडारी भेट्न पुगे दुर्गा प्रसाईं
झापा । जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ माइतीघर मण्डला पुगेका छन् ।
विभिन्न माग राखेर ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका सोडारीलाई भेट्न उनी मंगलबार माइतीघर मण्डला पुगेका हुन् ।
अनसनको ९ औँ दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेनजी युनाइटेडको भनाइ छ। गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए ।
आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने बताएका छन् ।