२०८३ बैशाख ६ गते , आईतबार

स्थापना दिवसको अवसरमा प्रेस सेन्टर झापाद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

sajilo news
परिवेश मिडिया
२०८२ माघ १५ गते , विहीबार
स्थापना दिवसको अवसरमा प्रेस सेन्टर झापाद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

बिर्तामोड प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा झापामा वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार वृद्धवृद्धालाई फलफुल तथा खाद्यान्न वितरण गरेर स्थापना दिवस मनाएको हो

बिर्तामोड स्थित लालीगुराँस भक्तबारी टोलस्थित गुरुप्रसादडिकमाया फाउण्डेसनद्वारा सञ्चालित स्नेहा माया घरमा खाद्यान्न तथा फलफुल वितरण गरिएको हो केन्द्रीय सदस्य राजु पाठक, निवर्तमान सदस्य लिलाराज झापाली, जिल्ला अध्यक्ष पुष्प खड्का, उपाध्यक्षद्व होमप्रकाश अधिकारी सन्तोष शर्मा, सचिव प्रकाश उप्रेती, कोषाध्यक्ष मनोज तिवारी, सहसचिव राजन साम्पाङ, निवर्तमान प्रदेश सदस्य चुडामणी तिम्सिना जिल्लाका निवर्तमान सचिव उद्धव पुरी लगायत कार्यक्रममा सहभागी थिए उनीहरुले वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई चामल, फलफुल, साबुन, विस्कुट, तेललगायतका खाद्यान्न तथा फलफुल प्रदान गरेका थिए

प्रेस सेन्टर नेपालले प्रत्येक बर्ष माघ १५ गते स्थापना दिवस मनाउँदै आएको

 

 

सम्बन्धित समाचार