२०८३ बैशाख ६ गते , आईतबार

झापा १ मा रास्वपाको घरदैलोमा प्रशासनको रोक

sajilo news
परिवेश मिडिया
२०८२ माघ १५ गते , विहीबार
झापा १ मा रास्वपाको घरदैलोमा प्रशासनको रोक

बिर्तामोड । झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको आगामी फागुन २१ गते हुने चुनावी कार्यक्रमअन्त
र्गत घरदैलो कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले रोकेको छ ।
बिहीबार बिहान काँकरभिट्टा क्षेत्रमा घरदैलो भइरहेको स्थानमा प्रहरी पुगेर प्रशासनको आदेश भन्दै कार्यक्रममा रोक लगाएको हो। रास्वपाका क्षेत्रीय निर्वाचन परिचालन समितिका सदस्यहरूका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम कार्यक्रम रोक्न भनिएको जानकारी गराएको थियो।
जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि भएकाले उक्त कदम चाल्नु परेको स्पष्ट पारेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार आचारसंहिता उल्लंघन गरी प्रचारप्रसार गरिएको र विभिन्न स्थानमा मापदण्ड विपरीतका ब्यानरहरू राखिएकाले तिनलाई हटाउनुका साथै कार्यक्रम रोकिएको हो ।
उनले निर्वाचन आचारसंहिता सबै राजनीतिक दलका लागि समान हुने भएकाले कसैले पनि यसको उल्लंघन गर्न नपाउने बताए।
रास्वपाले भने प्रशासनको यस कदमलाई ‘विभेदकारी’ भन्दै आपत्ति जनाएको छ।

सम्बन्धित समाचार