२०८३ आश्विन १७ गते , शनिबार

शहीद तथा बेपत्ता भएकाको सपना पूरा गर्न मेरो उम्मेदवारी : रञ्जित तामाङ

sajilo news
परिवेश मिडिया
२०८२ माघ १८ गते , आईतबार
शहीद तथा बेपत्ता भएकाको सपना पूरा गर्न मेरो उम्मेदवारी : रञ्जित तामाङ

बिर्तामोड । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको लागि झापा–५ बाट उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता रञ्जित तामाङले शहीद तथा बेपत्ता भएकाको सपना पूरा गर्न उम्मेदवार बनेको बताएका छन् । तामाङले शहीदले देखेका सपना नै आफ्नो घोषणापत्र भएको बताए ।
जनयुद्धका क्रममा तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका धीरेन्द्र बस्नेतको ४२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै तामाङले भने, ‘आन्दोलनमा सँगसँगै हिँडेका योद्धाहरूको सपना पूरा गर्ने जिम्मेवारी हामी बाँचेकाहरूको हो ।’ तामाङले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी धीरेन्द्रलगायतका बेपत्ता योद्धाहरूको स्थिति अविलम्ब सार्वजनिक गर्न पहल गर्ने बताए ।
झापाको दमक–१ निवासी बेपत्ता योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा स्थापना गरिएको पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद्का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेत, नेकपाका केन्द्रीय सदस्यहरू गगन पुरी, वीरेन्द्र बस्नेत, दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास गड्तौलालगायतले श्रदाञ्जली अर्पण गरेका थिए ।

सम्बन्धित समाचार