२०८३ आश्विन १७ गते , शनिबार

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ माघ २० गते , मंगलबार
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

बिर्तामोड । झापाको गौरादहमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । गौरादह नगरपालिका ४ स्थित रामचन्द्रे खोलाको पुलमा भएको दुर्घटनामा परि मोरङ जिल्ला रतुवामाई नगरपालिका ८ बस्ने ३८ बर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको हो ।

सोमबार साँझ अन्दाजी ७:२० बजे प्र.१–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो दुर्घटनामा परि १२ जना घाइते भएकोमा उपचारको क्रममा स्वस्तिकाको निम्स अस्पताल दमकमा ७ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

अन्य घाइतेको विवरण यस प्रकार छ :

१. मोरङ जिल्ला रतुवामाई नगरपालिका ८ बस्ने बर्ष ५० की मुनीमती सतार – टाउको र चिउडोमा चोट बोल्न सक्ने मध्यम निम्स अस्पतालमा उपचार हुँदै ।

२. मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने बर्ष १५ की सन्तोषी किस्कु – बायाँ घुडामा चोट अवस्था सामान्य

३. मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने बर्ष ६० को एतोबार मुर्मु – बाहिरी चोट नदेखिएको भित्री शरिर दुखेको

४. मोरङ जिल्ला रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २३ की बिनिता मर्डी – हात खुट्टामा सामान्य चोट

५. मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २० की सरिता मर्डी – हात खुट्टामा सामान्य चोट

६. निजकै छोरा बर्ष ३ को गंगाराम मर्डी – बाहिरी चोट नदेखिएको भित्री शरिर दुखेको अवस्था सामान्य

७. मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने  पुजा मर्डीको छोरी बर्ष ८ की मेलिना मर्डी – हात खुट्टामा सामान्य चोट

८. जिल्ला मोरङ सुनबर्षी नगरपालिका २ बस्ने बर्ष ३० की शिला मर्डी – हात खुट्टामा सामान्य चोट

९. जिल्ला झापा शिवसताक्षी नगरपालिका ९ बैगुनधुरा बस्ने बर्ष १७ को बिजय वास्की – टाउकोमा सामान्य चोट

१०. जिल्ला मोरङ रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २६ की मिना मर्डी – कमरमा चोट

११. मोरङ जिल्ला रतुवामाई नगरपालिका ८ बस्ने पुल मर्डीको छोरी बर्ष १२ की सम्झना मर्डी – बाहिरी चोट नदेखिएको ।

ट्याक्टर चालक जिल्ला मोरङ रतुवामाई नगरपालिका ५ बस्ने बर्ष २५ को चमलाल मुर्मुलाई नियन्त्रणमा लिई प्रहरी चौकी महारानीझोडामा राखिएको, ट्याक्टर तत्काल घट्ना स्थलमानै रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार