२०८३ बैशाख ६ गते , आईतबार

कमलका सुकुम्बासीसँग बालेनको भेटघाट

sajilo news
परिवेश मिडिया
२०८२ माघ २० गते , मंगलबार
कमलका सुकुम्बासीसँग बालेनको भेटघाट

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् झापा मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन्

बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् यस्तैबालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ भन्ने कुरा आफूले सुनेको भन्दै बालेनसमक्ष चिन्ता प्रकट गरेका छन्

जसको जवाफमा बालेनले सुकुमवासीको ज्यान जोगाउन डोजर चलाएको दाबी गरेका छन् काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो उहाँहरू जहाँ बस्नुभएको , बाढी आउँदा त्यहाँ डुबान हुन्छ त्यहाँभन्दा माथिसम्म नै पुग्छ असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि ,’ सुकुमवासी समुदायको जिज्ञासामा बालेनले भनेका छन्,‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सेफ (सुरक्षित) ठाउँमा राख्नुर्पयो भनेर गरेको हो तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो खास उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो

तर झापाका सुकुमवासी वास्तविक रहेको बालेनले बताए यहाँको रियल हो नि ४०५० वर्षदेखि बसेको,’ बालेनले अगाडि भनेका छन् बालेनसँगै सुकुमवासी बस्तीमा पुगेका उनका सल्लाहकार कुमान व्यञ्जनकार (कुमार वेन)ले २०४८ देखियता २३ वटा आयोग बन्दा पनि सुकुमवासीको समस्या समाधान नभएको बताए

त्यसपछि एक सुकुमवासीले आफ्नो गुनासो सुनाएका थिए लगत उठाउँदै जान्छन्, कर लैजान्छन् अस्ती नै पनि आयोगले सबै लगेको तर, अहिलेसम्म केही भएको छैन,’ ती सुकुमवासीले भने

भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने वास्तविक सुकुमवासीले लालपूर्जा नपाउने समस्या देखिएकाले त्यसो नहोस् भन्ने आफूले चाहेको बालेनले बताए

सम्बन्धित समाचार