२०८३ बैशाख ६ गते , आईतबार

प्रेस चौतारी झापाले मनायो स्थापना दिवस

sajilo news
परिवेश मिडिया
२०८२ माघ २२ गते , विहीबार
प्रेस चौतारी झापाले मनायो स्थापना दिवस

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले २८औं स्थापना दिवस मनाएको छ । झापाको बिर्तामोडस्थित होटल ग्रान्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्थापना दिवस  तथा साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रमका बीच प्रेस चौतारी झापाका पूर्व अध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज गणेश पोखरेललाई अभिनन्दन गरिएको थियो । पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरेले अभिनन्दन पत्र र २५ हजार राशीको चेक प्रदान गरेका थिए ।
त्यस्तै प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष स्वर्गीय नेत्रप्रसाद पाठकको स्मृतिमा नेत्रप्रसाद पाठक स्मृति लेखनवृत्ति पत्रकार सन्तोष शर्मालाई प्रदान गरिएको थियो । आर्थिक बिटमा समाचार लेखेवापत शर्मालाई लेखनवृत्ति प्रदान गरिएको छनौट समिति संयोजक सावित्रा दाहालले बताइन् । प्रेस सेन्टर नेपाल झापाका उपाध्यक्ष समेत रहेका शर्मालाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो । यस वर्षको लेखनवृत्ति रकम पत्रकार गोपाल काफ्लेले उपलब्ध गराएका थिए । यस अघि पत्रकार रमा दाहालले उक्त लेखनवृत्ति पाएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले पत्रकारले विचार बोकेपनि व्यवसायिक चरित्र देखाउनु पर्नेमा जोड दिए ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रम सचिव युवराज आचार्यले सञ्चालन गरेका थिए भने सहभागीहरूलाई उपाध्यक्ष सुनिरा मैनालीले स्वागत गरेकी थिइन् । 

सम्बन्धित समाचार