२०८३ बैशाख ६ गते , आईतबार

निर्वाचन अघि सुरक्षाकर्मीलाई राजीनामा दिन र विदा बस्न रोक

sajilo news
परिवेश मिडिया
२०८२ माघ २२ गते , विहीबार
निर्वाचन अघि सुरक्षाकर्मीलाई राजीनामा दिन र विदा बस्न रोक

बिर्तामोड प्रतिनिधिसभा सदस्य निर्वाचनअघि चारवटै सुरक्षा निकायले मातहतका कर्मचारीलाई राजीनामा दिन बिदा बस्न रोक लगाएका छन् २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षामा खटिनुपर्ने भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र गर्दै राजीनामा घरबिदामा बस्न रोक लगाएका हुन्

सशस्त्र प्रहरीले विज्ञप्तिमार्फत नै निर्वाचन सम्पन्न नभएसम्मलाई राजीनामा, घरबिदा, रमाना सरुवा स्थगित गरिएको जनाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले फौजलाई निर्वाचनमा केन्द्रित गरिसकिएको बताए उनले निर्वाचनमा खटिइसकेका कारण राजीनामा वा बिदाको सुविधा नरहेको बताए सेना निर्वाचन सुरक्षामा खटिइसकेको , मतदान सम्पन्न नभएसम्मलाई नियमित अवस्थामा जस्तो बिदा वा राजीनामा भन्ने नै हुँदैन्,’ उनले भने सेना बुधबार (२१ भदौ) बाट निर्वाचन सुरक्षामा तैनाथ भइसकेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी अविनारायण काफ्लेले चुनाव सम्पन्न नभएसम्मलाई राजीनामा बिदामा बस्न देशभरका प्रहरीलाई रोक लगाइएको बताए निर्वाचन सुरक्षामा प्रहरी केन्द्रित भएर फिल्डमा निस्कने तयारीमा , अहिले निर्वाचन केन्द्रित जनशक्ति निर्वाचन सुरक्षा अनुशिक्षण तालिममा छन्, निर्वाचन सम्पन्न नभएसम्मलाई राजीनामा घरबिदा सुविधा लिनलाई रोक लगाइएको ,’ प्रवक्ता काफ्लेले भने, ‘किरिया बिदा सुत्केरी बिदा अत्यावश्यक भैपरी आउने परिस्थितिको हकमा त्यहीअनुसार व्यवस्थापन गरिन्छ

निर्वाचन सुरक्षाका लागि सवा तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् त्यसमध्ये सेनाले बुधबारबाट जनशक्तिलाई फिल्डमा खटाउन सुरु गरेको निर्वाचनमा करिब ८० हजार सेना, करिब ७१ हजार प्रहरी, करिब ३५ हजार सशस्त्र, करिब दुई हजार राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटाउने गरी निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना बनेको कार्ययोजनाअनुसार ४० दिन कार्यअवधि तोकेर एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएर नेपाल प्रहरी सशस्त्र प्रहरीबाट आधारभूत सुरक्षा अनुशिक्षण तालिम लिइरहेका छन् अर्को साताबाट निर्वाचन प्रहरी पनि फिल्डमा खटिनेछन्

निर्वाचन आयोगले पनि आसन्न निर्वाचनलाई लक्षित गरेर कर्मचारी सरुवा/बढुवा, नियुक्ति मतदातालाई प्रभावित पार्ने सबै किसिमका निर्णय नगर्न अत्यावश्यक भएमा आयोगको स्वीकृतिमा मात्रै गर्न सरकारलाई निर्देशन दिइसकेको २१ फागुनमा समानुपातिकतर्फ ११० प्रत्यक्ष तर्फ १६५ सिटमा एकै चरणमा निर्वाचन हुँदैछ

सम्बन्धित समाचार