२०८३ बैशाख ५ गते , शनिबार

गौरवशाली साकोसको १७ औं बार्षिकोत्सवमा आँखा शिविर

sajilo news
परिवेश मिडिया
२०८२ माघ २४ गते , शनिबार
गौरवशाली साकोसको १७ औं बार्षिकोत्सवमा आँखा शिविर

बिर्तामोड गौरवशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ओै बार्षिकोत्सव सम्पन्न भएको स्थापना दिवसको अवसरसँगै साकोसले संस्थापक अध्यक्ष काशीलाल चौधरीको ११ओै स्मृतिमा निशुल्क आँखा शिविर सम्पन्न गरेको

शिविरमा ३३९ जनाले आँखा परिक्षण गराएका थिए   शिविरमा आँखा जाँच गरिएका मध्ये मोतीबिन्दुको समस्या देखिएका जनाको निशुल्क अस्पतालले शल्यक्रिया गरिदिने बताइएको

यसअघि शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ्गले आर्थिक अभावकै कारण कसैले पनि आँखाको स्वास्थ्य समस्या खेप्नु नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए स्वर्गीय काशीलाल चौधरीको भौतिक शरीर नभएपनि सदैव सम्झिरहने एक आदर्श व्यक्तिका रुपमा आफूले चिनेको बताउँदै प्रमुख अतिथि गुरुङले सेवा नै सबै भन्दा पुण्यको कर्म भएको उल्लेख गर्दै कसैले खर्चको अभाव भएर आँखाको उपचार गर्न नसकेको भए आफू वा अस्पतालमा सम्पर्क गरे सहयोग गर्न तयार रहेको स्पष्ट पारे

शिविरमा बालबालिका, ज्येष्ठ नागरिकसहित सबैले आँखा परीक्षण गराएका थिए शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पतालको रहेको अध्यक्ष चौधरीले जानकारी दिए 

सो अवसरमा अस्पतालकी अधिकृत कविता कार्की कडरिया, कोहेड टोल विकास समितिकी अध्यक्ष पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए

स्वागत तथा औचित्यमाथि संस्थाका अध्यक्ष लवकुमार चौधरीले प्रकाश पारेको कार्यक्रमको सचिव रुपा राजवंशीले सञ्चालन गरेकी थिइन्

 

सम्बन्धित समाचार