२०८३ बैशाख ६ गते , आईतबार

सवारी दुर्घटनाका घाइते राजन बास्कोटाको निधन

sajilo news
परिवेश मिडिया
२०८२ माघ २५ गते , आईतबार
सवारी दुर्घटनाका घाइते राजन बास्कोटाको निधन

बिर्तामोड । माघ २१ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको निधन भएको छ । बास्कोटाको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार राति ९:१० बजे मृत्यु भएको हो ।
माघ २१ गते बिहान अन्दाजी ६:३० बजेको समयमा अर्जुनधारा नगरपालिका ३ गरुवा चौकस्थित विर्तामोड-खुदुनाबारी सडक खण्डमा विर्तामोडबाट खुदुनाबारीतर्फ जादै गरेको प्र.१-०१-०१८ प १६७ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेको पैदलयात्री अर्जुनधारा नगरपालिका ३ बस्ने बास्कोटालाई ठक्कर दिँदा उनी सक्त घाइते भएका थिए ।
स्कुटर चालक जिल्ला इलाम माइ नगरपालिका ३ बस्ने वर्ष ३५ को अमृता राई  र स्कुटर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार