२०८३ बैशाख ६ गते , आईतबार
ट्रयाक्टरले किचेर सहचालकको मृत्यु
बिर्तामोड । झापाको अर्जुनधारामा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ३ बस्ने हर्क श्रेठको छोरा बर्ष १६ को सरोज श्रेष्ठको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ९:४० बजे अर्जुनधारा नगरपालिका ७ बिरिङ खोलामा बालुवा लोड गरी अगाडी बढाउने क्रममा प्र१-०१-००१त ९०१० न. को ट्रयाक्टरको डालाबाट श्रेष्ठ लड्दा पछाडीको चक्काले किचेर सख्त घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि शंकर अस्पताल शनिश्चरे ल्याएकोमा चिकित्सकले मृत घोषणा गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
ट्रयाक्टर, ट्रयाक्टर चालक र ट्रयाक्टर धनी अर्जुनधारा नगरपालिका ४ बस्ने बर्ष ५६ को अशोकलाल दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुशान्धान गरिरहेको जनाएको छ।