२०८३ आश्विन १७ गते , शनिबार

आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्छ : उपसभापति शर्मा

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १ गते , शुक्रबार
आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्छ : उपसभापति शर्मा

बिर्तामोड । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको उनले बताए ।

मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसले यस्तो निर्णय लिएको उनको भनाइ छ । सम्बोधनका क्रममा शर्माले अबको निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’  (विजेताले) सबै पाउने)को नयाँ सिद्धान्त प्रस्ताव गरेका छन् । उनका अनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।

यदि संसद्मा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत र्पुयाइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

रुपन्देहीका पाँचै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिन्हमा गोलबद्ध हुन आग्रह गरे ।

निर्वाचनको दिन पूरै रुपन्देही रुखमय हुनुपर्ने भन्दै उनले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत चुनावी सुधारका प्रस्तावहरू पास गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार