गोलिया बोकेको ट्रक पल्टिँदा ४ जना घाइते
बिर्तामोड । झापाको बुद्धशान्तिमा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शनिबार दिउँसो अन्दाजी ३ बजे बुद्धशान्ति ५ स्थित भित्री सडक खण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जादै गरेको गोलिया बोकेको ना ६ ख ७९५४ नम्बरको ट्रक आफै अनियन्त्रित भई रोडको बाँया साईडमा पल्टिएर दुर्घट्ना हुँदा लोडअनलोडको काम गर्ने मजदुरहरु घाइते भएका हुन् ।
दुर्घटनामा परि घाइतेहरुको विवरण निम्नानुसार रहेको छ
१. अर्जुनधारा १ बस्ने ट्रक चालक बर्ष ४० को अनुकुमार चौधरी छाति र टाउकोमा चोट अवस्था मध्यम ।
२. अर्जुनधारा ३ बस्ने बर्ष २८ को मुकेश मगरको दाहिने हात र दाहिने खुट्टामा चोट अवस्था मध्यम ।
३. अर्जुनधारा ३ बस्ने बर्ष ३० को अमिर तामाङ टाउको, देब्रे खुट्टा र नाकमा चोट बोल्न नसक्ने अवस्था गम्भिर ।
४. अर्जुनधारा ३ बस्ने बर्ष २२ को राकेश तामाङ देब्रे खुट्टा र चिउडोमा चोट बोल्न नसक्ने अवस्था गम्भिर ।
घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।