२०८३ बैशाख ६ गते , आईतबार

मालिकलाई उन्मुक्ति, कामदारलाई सजाय

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ८ गते , शुक्रबार
मालिकलाई उन्मुक्ति, कामदारलाई सजाय

बिर्तामोड । लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका बिर्तामोड-५ का भानुभक्त खरेलले सफाई पाएका छन् । झापा जिल्ला अदालतले खरेललाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको आदेशसगै सोमबार खरेल कारागार मुक्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खरेलको कामदारको रुपमा काम गर्दै आएका २५ वर्षीय विनोद घिमिरेलाई भने अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश लोकबहादुर हमालको इजालसबाट उक्त फैसला भएको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

खरेलको गोदामबाट प्रहरीले बरामद गरेको लागूऔषध



गत साउन १ गते बिर्तामोड ५ मङ्गलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा खरेलले सञ्चालन गर्दै आएको भाडाको गोदाममा प्रहरीले छापा मारेर ३५ लाख बढीको ट्रामाडोल लगायत लागूऔषध बरामद गर्नुका साथै खरेलका कामदार घिमिरेलाई पक्राउ गरेको थियो । गोदाममा प्रहरीले छापा हानेसँगै फरार भएका खरेल जेनजी आन्दोलन पश्चात घर आएको बेला भदौ २८ गते स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
नेकपा एमालेको भातृसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाको उपाध्यक्षसमेत रहेका औषधि व्यवसायी खरेल पक्राउ परेसँगै वाइसीएल नेपाल लगायतले कडा कारबाहीको माग गर्दै आएको थियो ।  

सम्बन्धित समाचार