रास्वापाका कारण रुफ टप गाडी र भौतिक चुनावचिन्ह प्रयोगमा रोक
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूका कारण रुफ टप गाडी र भौतिक चुनावचिन्ह प्रयोगमा रोक लगाइएको छ ।
रास्वपा उम्मेदवार बालेन्द्र शाह इले सभापति रवि लामिछानेले रुफटप गाडी प्रयोग गरी चुनाव प्रचारमा निस्कँदा उम्मेदवारको सुरक्षामा चुनौती बढ्ने भन्दै गृह प्रशासनले चुनाव अवधिभर त्यस्ता गाडी प्रयोग गर्न रोक लगाएको छ । चुनावभरका लागि लागू हुनेगरी त्यस्ता गाडी प्रयोग गर्न रोक लगाइएको मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले बताइन् । ‘सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै यो निर्णय लिइएको हो,’ उनले भनिन् ।
त्यस्तै रास्वपाका नेता तथा कार्यकर्ताले चुनाव चिन्ह घन्टीको भौतिक प्रयोग गर्दा जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना / गुनासाहरू प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न आग्रह गरेको छ ।