२०८३ बैशाख ६ गते , आईतबार

दुई अतिवादलाई पोषित गर्ने खतरा रहेको कांग्रेस सभापति थापाको भनाई

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १५ गते , शुक्रबार
दुई अतिवादलाई पोषित गर्ने खतरा रहेको कांग्रेस सभापति थापाको भनाई

 

बिर्तामोड नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को निर्वाचनले दुई वटा अतिवादलाई पोषित गर्ने खतरा रहेको टिप्पणी गरेका छन् शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले अतिवादबाट देशलाई जोगाउन सचेत हुन मतदाता कार्यकर्तासँग आग्रह गरे

निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा ,’ सभापति थापाले भने, ‘एउटा अतिवाद भदौ २३ २४ घटनाको अवमूल्यन गर्छ त्यो भएको हुँदै होइन भन्छ, त्यो केवल षडयन्त्र हो भन्छ त्यहाँ युवाहरूको सहभागिता देख्दैन त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन

त्यस्तै प्रकारको अर्को अतिवाद जो मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दैगर्दा आफै जेलबाट पनि भाग्छ,’ उनले थपे, ‘यी दुवै अतिवाद हिजो देखेको त्यो भोलि पनि आउनसक्छ

आगामी पाँचवर्षको समय सम्हाल्नुपर्ने उनले बताए अब कुनै पनि प्रकारको द्वन्द्व नेपालले खेप्न सक्दैन जातीय, धार्मिक, सहरपहाडको कुनै पनि बेहोर्नसक्दैन यो भन्दा बढी घाउ यसले बेहोर्न सक्दैन,’ सभापति थापाले भने यसलाई सम्हालेर मिलाएर लैजानुपर्ने उनले बताए

सम्बन्धित समाचार