२०८३ बैशाख ६ गते , आईतबार

आफ्नो अभियानमा प्रतिबद्धता नजनाउने उम्मेदवारलाई ‘नो भोट’ अभियान

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १६ गते , शनिबार
आफ्नो अभियानमा प्रतिबद्धता नजनाउने उम्मेदवारलाई ‘नो भोट’ अभियान

बिर्तामोड पहिचानवादी संस्थाले आफ्नो अभियानमा प्रतिबद्धता नजनाउने उम्मेदवारलाईनो भोट अभियान शुरु गरेका छन् शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी मुक्कुम्लुङ, केवलकार कोशी नामाकरणको बिषयमा प्रतिबद्धता नजनाउने उम्मेदवारलाईनो भोट अभियान शुरु गरेको जानकारी दिइएको हो

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति प्रदेश पुनः नामाङ्कन अभियान समितिलेसेभ मुक्कुमलुङ, नो केबल कार, नो कोशीमा पार्टी वा उम्मेदवारको प्रतिबद्धता नभए नो भोट अभियान शुरु गरेको हो

उनीहरुले आफ्नो संस्कृति सभ्यतासँग जोडिएको मुक्कुम्लुङ संरक्षणका लागि केबलकार बन्न नहुने कोशी प्रदेश नामाकरण खारेजी हुनु पर्ने मागसहित प्रतिबद्धताका लागि दलहरुलाई अपिल गरेका छन् उनीहरुले विभिन्न १४ वटा माग सवाल अघि सार्दैपार्टी जातिभन्दा माथि उठौँ, हाम्रो एजेण्डा स्वीकार्ने, अडिग कार्यान्वयन गर्नेलाई जिताऔँ भन्ने अपिल गरेका छन्

कार्यक्रमका वक्ताहरुले जुन राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्ना एजेण्डाहरुमा प्रतिबद्धता जनाउँछन् उनीहरुलाई भोट हाल्ने अन्यथा मतदान नै नगर्न आग्रह गरेका थिए हामी सबैको साझा धरोहर, संस्कृतिको केन्द्र मुक्कुम्लुङमा केबलकार बन्नु हुँदैन, प्रदेश लाई पहिचानको आधारमा नामाकरण गर्नुपर्छ भनेर पहिलेदेखि नै हामीले भन्दै आएका हौँ,’ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता धनबहादुर पंधाकले भने, ‘जुन उम्मेदवारले यो हाम्रो साझा मागप्रति प्रतिबद्धता जनाउनुहुन्छ भोलि कार्यान्वयनमा लैजाने घोषणा गर्नुहुन्छ उहाँलाई भोट हालौँ भनेर हामीले भनेका हौँ

पत्रकार सम्मेलनमा किराँत याक्थुम्चुम्लुङका केन्द्रीय महासचिव तथा मुक्कुम्लुङ बचाउ संघर्ष समिति सदस्य निरन्ती तुम्बापो, सञ्जुहाङ पालुङ्वा, देशु वनेम लगायतले आफ्ना धारणा राखेका थिए

मुक्कुम्लुङ बचाउ संघर्ष समिति झापाका संयोजक हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रम किराँत याक्थुम्चुम्लुङ झापाकी सचिव भिममाया नेम्बाङले सञ्चालन गरेकी थिइन्

कार्यक्रममा फोनिजका संस्थापक प्रदेश इञ्चार्ज दिपिन राई, प्रतिनिधीसभा सदस्य पदका उम्मेदवारहरु सिके बेघा, त्रिनारायण राजवंशी, मानवअधिकारवादी नेता प्रेम घिसिङ, पहिचानवादी नेता जेबी जबेगुलगायत पहिचानवादी विभिन्न संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो

हेर्नुहोस अपिल

 

सम्बन्धित समाचार