२०८३ बैशाख ६ गते , आईतबार

बालेनमाथि गोली प्रहार भएको भन्दै भ्रम फैल्याउने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १७ गते , आईतबार
बालेनमाथि गोली प्रहार भएको भन्दै भ्रम फैल्याउने पक्राउ

बिर्तामोड । झापामा बालेन शाहमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ ।
काठमाडौंको डबली चोकबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार