२०८३ बैशाख ६ गते , आईतबार

होलीमा सुनसान बिर्तामोड

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १९ गते , मंगलबार
होलीमा सुनसान बिर्तामोड

बिर्तामोड प्रत्येक बर्ष होलीको दिन गुञ्जायमान हुने झापाको बिर्तामोड यस बर्ष सुनसान देखिएको

निर्वाचनको मौन अवधि शुरु भएका कारण प्रशासनले गरेको कडाई आजै लाग्ने ग्रहणका कारण सदाझै चोक चोकमा होली खेल्नेहरुको भीड यो बर्ष भएन बिर्तामोडको सिटी सेन्टरलगायत अन्य चोक तथा गल्लीहरुमा अघिल्ला बर्षहरुमा होली खेल्नेहरुको भीड लाग्ने गर्दथ्यो युवायुवतीहरु होलीको रंग सांगितिक कार्यक्रममा झुम्ने गर्दथे तर यस बर्ष भने यहाँको माहोल विल्कुल फरक देखिएको छिटफुट बाहेक मानिसहरुले होली खेलेनन् गाउँ घरमा सामान्य होली खेलेपनि चोकमा भिडभाड देखिएन

सानो सख्ंयामा चोक आएका युवायुवतीहरु भने विगतको होलीको उमङ्ग खोजिरहेको देखिन्थे तर, यहाँको माहोल भने उनीहरुले खोजे जस्तो विल्कुल थिएन

प्रत्येक बर्ष होलीको दिन ट्राफिक प्रहरीले सयौँ सवारी साधन पक्राउ गरेर कारबाही गर्दथ्यो यो समाचार तयार पार्दासम्म जिल्लामा कुनै सवारी साधनलाई कारबाही गर्नु नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको होलीको दिन मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जना चढ्ने जस्ता ट्राफिक नियम उल्लंघन गर्नेको संख्या ठूलो हुने गर्दथ्यो त्यस्ता सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर साँझमात्र छाड्ने गरेकोमा यो बर्ष कुनै सवारीसाधनले ट्राफिक नियम उल्लंघन नगरेको प्रहरीको भनाई

 

सम्बन्धित समाचार