२०८३ बैशाख ६ गते , आईतबार

झापामा मतदान सकियो, मतपेटीका संकलन सुरु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २१ गते , विहीबार
झापामा मतदान सकियो, मतपेटीका संकलन सुरु

बिर्तामोड । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मतदान को कार्य सम्पन्न भएको छ । झापाको पाँचवटै निर्वाचन क्षेत्रमा मतदानको कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालका अनुसार तथ्याङ्क निकाल्ने काम भइरहेको छ । झापामा करिब ६५ प्रतिशत मतदान भएको आँकलन गरिएको छ । निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको नेपालको भनाई छ। 
नेपाली सेनाले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने काम सुरु गरेको छ ।
झापामा ७ लाख १३ हजार ५३७ जना मतदाता रहेका थिए । 

सम्बन्धित समाचार