२०८३ बैशाख ६ गते , आईतबार
रास्वपाका रञ्जु दर्शना र विराजभक्त श्रेष्ठको जीत निश्चित
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरु रञ्जु दर्शना र विराजभक्त श्रेष्ठले जित्ने निश्चित भएको छ । काठमाडौं–१ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) मतगणना नसकिँदै विजयी भएकी छिन् ।
काठमाडौं–८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । केही मत गणना बाँकी भए पनि मतान्तरको अवस्थाले यी दुवै उम्मेदवार विजयी हुने पक्का भएको हो ।
रञ्जु पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । यसअघि जितेका विराजभक्त सोही क्षेत्रबाट यसपटक पनि जित्ने पक्का भएको हो ।